१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

महाधिवेशन विवादले गाँजिए दुई ठूला दल



झापा– राजनीतिक अभ्यासको सर्वाेच्च निकाय हो महाधिवेशन । तर, नेपालका दुई ठूला दल कांग्रेस र एमाले महाधिवेशन विवादको भूमरीमा फसेका छन् । सत्ता बहिर्गमनपछि नेकपा एमालेले महाधिवेशनको तयारी थालिरहँदा पार्टीका वरिष्ठ नेता माधव नेपाल पार्टी विवाद निरुपण नभएसम्म कुनै गतिविधि गर्न नहुने पक्षमा छन् । अध्यक्ष केपी ओलीको लगातारको अडानले एमालेमा महाधिवेशनको निर्णय विवादको घेरामा परिसकेको छ ।

कांग्रेस पनि महाधिवेशनको विवादमा फसेको छ । महाधिवेशन आयोजना गर्न भइरहेको लगातारको आनाकानीले कांग्रेसका नेता कार्यकर्ता पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । पार्टी सभापति शेरबहादुर देउवाले लगातार महाधिवेशन टार्दै आएको भन्दै तीव्र आलोचना र असन्तुष्टि सार्वजनिक भइरहेका छन् । सभापति देउवाको सत्तारोहणपछि काङ्ग्रेस महाधिवेशनका विषयमा फेरि प्रश्न उठेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ००:००  ७ : ०२ बजे