१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

‘सल्लाहकार बन्ने दौडमा छैन’



झापा–नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफू प्रधानमन्त्रीको सल्लाहकार बन्ने दौडमा नरहेको बताउनु भएको छ । सञ्चारमाध्यममा आफू सल्लाहकार बन्न लागेको समाचार सार्वजनिक भएकोप्रति असहमति जनाउँदै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्तो प्रतिक्रिया दिनु भएको हो ।

‘न माग छ न आकांक्षा’ शर्माले फेसबुकमा लेख्नु भएको छ, ‘झक्झक्याउने, त्रुटि औंल्याउने सुझाव र साथ दिने व्यक्तिगत र पार्टीगत कर्तव्य पनि निरन्तर जारी रहनेछ ।’

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार ००:००  ४ : ५३ बजे