१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

गरीबलाई निशुल्क बिजुली



झापा– सरकारले गरिब र विपन्नलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ। सत्तारुढ गठबन्धनले तयार पारेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

गरिब र विपन्नका लागि विद्युत महसुल घटाउने र पहुँच बढाउने कार्यक्रममा उल्लेख छ। आन्तरिक खपतभन्दा अधिक रहेको विद्युत निर्यातका लागि छिमेकी मुलुकहरुसँग द्विपक्षीय र बहुपक्षीय संवाद अघि बढाउने र उच्च क्षमताको विद्युत प्रसारण लाइन जडान गर्ने पनि जोड दिइएको छ ।

ऊर्जा विकासलाई अर्थतन्त्रको मुख्य आधार बनाउँदै आन्तरिक लगानीबाटै मझौला, ठुला तथा जलाशययुक्त जलविदुत आयोजना निर्माण गर्ने र निर्यातमूलक आयोजनामा विदेशी लगानी आकर्षित गर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार ००:००  ४ : ३४ बजे