Speak Corner Speak Corner
  • LIVE UPDATE
फिचर

जसलाई हामीले गुमायौं

२४ श्रावण २०७८, आईतवार ०२:०६ 313 0 Comment
 जसलाई हामीले गुमायौं

अहिले कोरोना ९कोभिड–१९० महामारीले सामाजिक, आर्थिक, साँस्किृतक क्षेत्रमा नकारात्मक प्रभाव पारेको अवस्था छ। पहिलो, दोस्रो लहर हुँदै तेस्रो लहरसम्म आइपुग्दा राज्यले थुप्रै राजनीतिक तथा सामाजिक व्यक्तित्व गुमाएको छ।
——————-
अन्नपूर्ण पोस्ट् दैनिकका दोलखा संवाददाता ३८ वर्षीय रवीन्द्र गौतमको कोरोना संक्रमणबाट निधन भएको थियो। उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। उनलाई एक सातादेखि काठमाडौंस्थित एभरेष्ट अस्पतालमा उपचारका लागि राखिएको थियो।

अन्नपूर्ण मिडिया नेटवर्कमा विगत ४ वर्षदेखि दोलखा संवाददाताका रूपमा कार्यरत पत्रकार गौतम दोलखाबाट प्रशारण हुने रेडियो भीमेश्वरको स्टेसन म्यानेजर पनि थिए। नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्यसमेत थिए। भीमेश्वर नगरपालिका–३ का स्थायी बासिन्दा गौतमले २०६४ सालमा दोलखाबाट पत्रकारिताको यात्रा सुरु गरेका थिए।

——————-

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्जवल थापाको कोरोनाले ४४ वर्षको उमेरमा जेठ १८ गते काठमाडौंमा निधन भयो। कोरोना दोस्रो लहरको सुरुआतमै उनको मृत्यु भएको थियो। संक्रमण भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका उनलाई इसीएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अन्ततः मेडिसिटी अस्पतालमा उचारकै क्रममा मृत्यु भएको थियो। थापाको निधनबाट देशकै राजनीतिक क्षेत्रले एक शिक्षित व्यक्तित्व पनि गुमाएको छ।

——————————

नेपाली कांग्रेस, पोखराका ६८ वर्षीया नेता रामजी कुँवरको कोरोनाबाटै निधन भयो। खासै गम्भीर किसिमको दीर्घ रोगको समस्या नरहेका कुँवर श्वासप्रश्वासमा एक्कासि समस्या देखिएको थियो। ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरा लेकसाइड निवासी कुँवरको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा असार २१ निधन भएको हो। सरल स्वभावका उनको परिवार नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छ। उनी गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका प्रत्यासी बनेका थिए।

—————————————————————–

झापाका चर्चित उद्योगपति पर्शुराम अग्रवाल पनि कोरोना संक्रमणको भुमरीमा परे। भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा असार २३ गते ६२ वर्षीय अग्रवालको ज्यान गएको हो। २०१६ सालमा जन्मिएका अग्रवाल झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए। ‘दृढ इच्छाशक्ति र आत्मविश्वासको बलमा व्यावसायिक उचाइ हासिल गरेका एक मेहनती उद्योगपति थिए पर्शुराम,’ चेम्बर अफ कमर्स प्रदेश १ का उपाध्यक्ष सन्तोष अग्रवाल भन्छन्, ‘झापाको सामाजिक र व्यावसायिक क्षेत्रले उनको योगदानलाई सधैं सम्झिरहनेछ।’ मोहपाल धर्मशाला समाजसेवा ट्रस्ट स्थापना, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशालालगायत विभिन्न मठमन्दिर बनाउने काममा अग्रवालको महत्वपूर्ण भूमिका छ। उनको प्रत्यक्ष लगानीमा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेसनल स्कुल, निधी गुट्खा उद्योग, घडी–बिडी उद्योग, होटेल, सिनेमा हललगायत सञ्चालनमा छन्।
———————————————-
कांग्रेस नेता तथा व्यवसायी दीपेन्द्र पोखरेलको जेठ २६ गते राति काठमाडौँको नर्भिक अस्पतालमा  निधन भयो। उनी नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य हुन्। २०२५ मा जन्मिएका बिर्तामोड–३ निवासी ५३ वर्षीय पोखरेल नेपाल प्लाइउड भेनियर संघ प्रदेश १ का अध्यक्ष थिए। निर्माण व्यवसायी महासंघ झापाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका पोखरेल राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुँदै आएका थिए। ‘व्यावसायिक र राजनीतिक क्षेत्रको एक आशलाग्दा युवालाई झापाले गुमाएको छ,’ बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले भने।
———————————————————-
इटहरीका चन्द्र न्यौपाने सप्तकोसी एफएमका स्टेसन म्यानेजर थिए। २०७४ देखि उनले व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल ९बान०को समेत नेतृत्व सम्हालेका थिए। निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो। ६ दिनसम्म भेन्टिलेटरमा राखेर प्लाज्मा तथा रेम्डिसिभरको प्रयोग गर्दागर्दै गरेर उपचार गर्दागर्दै उनको निधन भएकोहो। इटहरी–४ निवासी न्यौपानेको निधनले इटहरीलाई मात्र नभई पूर्वी नेपालकै सञ्चार क्षेत्रमा ठूलो क्षति पुगेको छ। न्यौपानेले सप्तकोसी एफएमलाई प्रदेश १ कै सबैभन्दा व्यवस्थित र प्रभावकारी रेडियोको रूपमा उनले स्थापित गरेका थिए।

———————————————————-
निमोनियाको उपचार गराइरहेका अग्रज संगीतकर्मी राम धामीको निधन कोरोनाकै कारण गत पुस २६ गते भयो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचररत उनको निधनसँगै नेपालले संगीत क्षेत्रका अथक साधकलाई गुमायो। धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष थिए। साथै, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञसभा सदस्यसमेत थिए। उनी लामो समयदेखि इटहरीमा संगीत सिकाउँथे। गीत तथा संगीतका सबैजसो विधामा पोख्त धामीले सिकाएका धेरै युवा अहिले संगीत क्षेत्रमा सक्रिय छन्।
—————————————————————-
नेपाली उद्योग र व्यवसायका क्षेत्रमा परिचित नाम हो, विश्वनाथ केडिया। वैशाख २८ गते कोरोना संक्रमणबाट उनको निधन भएको थियो। संक्रमण भएको ७ दिनकै अवधिमा नर्भिक अस्पतालमा केडियाको उपचारकै क्रममा निधन भएको हो। सोही दिन केडिया परिवारकै युवा सदस्य प्रधुम्न केडियाको पनि कोरोनबाट निधन भएको थियो। उनी केडिया अगर्ननाइजेसनका कार्यकारी निर्देशक हुन्। उनी इन्जिनियरिङ पढाई सकेर करिब ४५ वर्ष अगाडि काठमाडौं आएका थिए। केडिया फौरेन्सिक ट्रेड एसोसिएसनका कार्यकारी सदस्यसमेत रहेका काम गरिसकेका थिए।
———————————————————–
माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको कोरोनाका कारण २०७८ वैशाख २९ गते निधन भएको थियो। कोभिडकै कारण बुबा गुमाएको भोलिपल्ट नै श्रेष्ठको निधन भएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले ग्लोबल आईएमई, एनआइसी एसियालगायतका बैंकमा काम गरेका थिए ।
——————————————————

इन्टरनेट सेवा प्रदायक कम्पनी बल्र्डलिंक कम्युनिकेसनका सहसंस्थापक तथा निर्देशक विजय जलानको कोभिडका कारण गत वैशाख ३० गते निधन भएको थियो। उपचारका क्रममा मेडिसिटीमा उनको निधन भएको थियो। जलान वल्र्ड लिंकका तीन जना संस्थापकमध्ये एक हुन्।

————————————————–

कोभिड महामारीबाट संक्रमित भएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णुप्रसाद गैरेको उपचारको क्रममा वैशाख ३० गते निधन भएको हो। वैदेशिक रोजगारको क्षेत्रमा गैरे निकै परिचित थिए।
——————————————————

वरिष्ठ अर्थविद् डा. गोविन्दबहादुर थापाको गत जेठ १८ गते कोरोना संक्रमणबाट निधन भयो। डा। थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए। थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेका थिए।

——————————————————

राजनीति क्षेत्रका अर्का एक प्रभावशाली व्यक्तित्व पशुपति चौलागाईंको २०७८ वैशाख २८ गते कोरोनाबाट निधन भयो। ४० वर्षभन्दा बढी समय राजनीतिमा सक्रिय चौलागाईं बागमती प्रदेशसभा सदस्य थिए। दोलखाको विकास र समृद्धिमा उनको महŒवपूर्ण योगदान दिने व्यक्तिका रूपमा चिनिन्थे। ६१ वर्षको उमेरमा स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

——————————————————————-

टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको कोभिड संक्रमणबाट २०७८ जेठ ६ गते निधन भयो। कोभिडबाट प्रभावित उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराउने क्रममा निधन भएको थियो। युनाइटेड ब्रुअरीमार्फत उद्योगमा हाम फालेका खड्काले ६ वर्षअघि बुटबलमा टाइगर ब्रुअरी स्थापना गरेका थिए। नेपालमै पहिलो पटक ठूलो क्यान बोतलमा बियर उत्पादन गर्ने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको थियो। उनको श्रीमतीको पनि कोभिडकै कारण मृत्यु भएको हो।

अन्नपूर्ण पोस्टबाट

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

फेसबुक ‘ह्याक’ गर्ने भद्रपुरका तीन युवा पक्राउ

होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश

साताका लागि झापा खेलकुदमय

करेन्ट लागेर महिलाको मृत्यु

पत्रकार तीर्थराज खरेललाई पितृशोक

साहित्य चौतारीको मासिक काव्यसभा राष्ट्रकवि घिमिरेमा समर्पित हुने

नारी फिटनेससँगै शनिश्चरे रोडमा हेल्दी मार्ट

एमालेका कारण प्रदेशको नाम राख्ने अवसर गुम्दै : मन्त्री राई

आठ वर्षपछि झापामा अनेमसंघको जिल्ला अधिवेशन

पाँच हजार नाघे कोरोनाका सक्रिय संक्रमित

तागत नभएकाहरु गठबन्धन गर्छन्, एमाले त्यसको पक्षमा छैन् : ओली

झापा–३ का जनता सूर्यमा भोट हाल्न आतुर : प्रसाई

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 
© Copyright 2022. All rights reserved.