बिर्तामोड– घर भत्काउने कार्यमा खटिएका एकजना मिस्त्रीको पर्खाल भत्किएर मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर -२ का ३५ वर्षीय रुपेश सिंहको आज दिउसो मृत्यु भएको हो ।
स्थानीय विकास अग्रवालको घरकाे पर्खालले किचेर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थाका उनलाई सुरुमा उपचारका लागि बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो दुई बजे उनको मृत्यु भएको हो ।