१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनमा चाँदीको जलप



झापा– प्रहरीले झन्डै दुई किलो सुनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थानका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद छन् । महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्टहाउसबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले सुनको बिस्कुटमा चाँदीको जलप लगाई तस्करी गर्दै थिए ।

उनीहरूबाट प्रहरीले एक किलो आठ सय ६६ ग्राम सुन बरामद गरेको छ । चाँदीको जलप लगाइएको सुन घोटेर परीक्षण गर्दा मात्रै खुलेको अनुसन्धानमा संलग्न महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । उनले भने, ‘सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ । चाँदीको जलप लगाई उनीहरूले तस्कारी गर्न लागेको खुलेको छ । भारतीय नागरिक पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान हुँदैछ ।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ००:००  ४ : ५३ बजे