१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

रुविना चाँडै चलचित्रको पर्दामा



‘बिग बोस–१४’ की विजेता रुविना दिलाइक चाँडै नै चलचित्रको रंगीन पर्दामा देखिने भएकी छन्। उनले पलास मुछालको निर्देशनमा बन्न लागेको चलचित्र ‘अर्ध’मार्फत काँचको पर्दामा डेब्यु गर्न लागेकी हुन्। रुविनाले मुछालसँग पहिलो चलचित्रका लागि सम्झौता गरिसकेकी छन्।

म्युजिक कम्पोजरसमेत रहेका मुछालले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रमा टेलिभिजन पर्दाबाटै उदाएका हितेश तेजवानी र वरिष्ठ कलाकार राजपाल यादवलगायतको अभिनय रहनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र यही सेप्टेम्बरदेखि छायांकनमा जाने भएको छ। रुविना अहिले टेलिशृंखला ‘शक्ति अस्तित्व के एहसास की’मा काम गरिरहेकी छन्। सानो पर्दामा लामो समयदेखि सक्रिय रुविनाले जी टेलिभिजनबाट प्रसारण हुने ‘छोटी बहु’मा काम गरेकी थिइन्।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ००:००  ४ : १७ बजे