झापा–एन्फा केन्द्रीय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन्। प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्।
अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई असन्तुष्ट देखिएका थिए। सोमबार प्रवक्ताबाट राजीनामा दिएलगत्तै राईले एन्फाको तत्काल चुनावको समेत माग गरेका छन्।