बिर्तामोड– झापामा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएको छ । संक्रमितको बढ्दो संख्या कारण अस्पतालमा बिरामी भरिभराउ भएका छन् । समुदाय तहमा देखिएको संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
संक्रमणको तेस्रो लहर आउने विज्ञहरूको प्रक्षेपणका बीच संक्रमितको संख्या थपिँदै गएको छ । झापामा निषेधाज्ञा जारी छ तर पनि संक्रमितको संख्या घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापाले बुधबार साँझ सार्वजनिक गरेको तथ्याङ्कमा झापामा एकैदिन दुई सय ७४ जना संक्रमित थपिएका छन् ।