१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

पूर्वप्रधानमन्त्री खनालको मृगौला प्रत्यारोपण



झापा– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा बुधबार खनालको मृगौला प्रत्यारोपण भएको हो । दुबै मृगौला फेल भएर स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि एमाले नेता खनाल गत महिना उपचारका लागि भारत पुग्नुभएको थियो ।

सफलतापूर्वक खनालको मृगौला प्रत्यारोपण गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । अब केही दिन नेता खनालले अस्पतालमा आराम गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ००:००  १२ : २६ बजे