झापा–सरकारले कोभिड–१९ विरुद्धको थप चार करोड २५ लाख खोप ल्याउने तयारी गरेको छ । माघसम्म खोप ल्याएर चैतसम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले चैतसम्म १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरिएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।
मन्त्रालयका अनुसार, अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप आएको छ। भारत, चीन र अमेरिकाबाट अनुदानमा तथा भारत र चीनबाट खरीद गरेर खोप ल्याइएको हो। भारतबाट अनुदानमा ११ लाख र खरीद गरेर १० लाख डोज कोभिशिल्ड खोप आएको छ। त्यस्तै, चीनबाट अनुदानमा १८ लाख र खरीद गरेर ४० लाख डोज भेरोसेल खोप ल्याइएको छ। कोभ्याक्स सुविधा अन्तर्गत गाभीबाट अनुदानमा तीन लाख ४८ हजार डोज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ।