७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कोरोनाले अन्योलमा जनगणना



झापा–कारोनाका कारण यसअघि स्थगित भएको राष्ट्रिय जनगणना कहिले गर्ने भन्नेमा अन्योल बढेको छ । कोरोनाका नयाँ–नयाँ भेरियन्ट आइरहेको र कतिपय ठाउँमा निषेधाज्ञा जारी गर्ने क्रम सुरु भएसँगै जनगणनामा अन्योल बढेको हो । केन्द्रीय तथ्याङ्क विभागले महामारी कम भएसँगै साउन २६ देखि असोज ८ गतेसम्म स्थगित भएको जनगणना गर्ने तयारी गरेको थियो ।

तर कोरोना संक्रमण दर नघटेपछि असोज १ देखि १५ गतेसम्म जनगणना गर्नेगरी नयाँ मिति प्रस्ताव गरिएको छ । उक्त मितिमा जनगणना गर्न विभागलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको छ । तर, पछिल्लो समयमा बढ्दो संक्रमणका कारण उक्त मितिमा पनि जनगणना नहुने सम्भावना बढेको छ । पछिल्लोपटक प्रस्ताव गरिएकै मितिमा जनगणना हुनेबारे अझै शंका रहेको बताउँछन्, विभागका निर्देशक तथा जनगणना प्रमुख ढुण्डीराज लामिछाने । उनी भन्छन्– जनगणनाबारे कुनै आदेश आएको छैन । तर, निर्धारित मितिमै हुने कुरा निश्चित छैन । नेपाल प्रेसबाट

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ००:००  ३ : २४ बजे