१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन



विराटनगर–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित वार्षिक समिक्षा गोष्ठीमा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिनु भएको हो ।

मुख्यमन्त्री राईले पुरानो मानसिकता त्यागेर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । कोरोना लगायत संकटकाबीच पनि प्रदेश सरकारले उल्लेख्य काम गरेको मुख्यमन्त्री राईले दावी गर्नुभयो । अन्तिम चौमासिकमा आएर खर्च गर्ने संस्कारको अन्त्य गर्न आग्रह गर्दे मुख्यमन्त्री राईले पहिलो र दोस्रो चौमासिकबाट खर्च बढाउन आग्रह गर्नभयो ।

मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बु लगायतका मन्त्रीले कार्य सम्पादन सम्झौता गरेका हुन् । अब मन्त्रीहरुसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्नेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार ००:००  २ : १२ बजे