दमक–चीन–नेपालमैत्री औद्योगिक पार्कले दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग दिएको छ । रसुवा नाका हुँदै ती सामान नेपाल ल्याइएको हो । औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले दमक नगरपालिकामा प्रमुख रोमनाथ ओलीलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।
औद्योगिक पार्कले १५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका सामग्री दिएको हो । उक्त मेसिनले पाँच लिटर क्षमतामा उच्च गुणस्तरको अक्सिजन निरन्तर प्रवाह गर्छ । उक्त मेसिन दमक अस्पतालमा प्रयोग गरिने छ । त्यसबाहेक उच्च गुणस्तरीय मास्क लगायत अस्पतालमा प्रयोग हुने विभिन्न सामग्री सहयोग स्वरुप दिइएको छ ।