बिर्तामोड (स्पीक कर्नर)– नेकपा एमालेको केन्द्रीय प्रचार विभाग सदस्यमा झापाका अग्रज पत्रकार माधव विद्रोही पनि छानिएका छन् । बामपन्थी राजनीतिमा लामो समयदेखि सक्रिय झापाको भद्रपुर निवासी विद्रोहीलाई एमालेको सोमवार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय प्रचार विभाग सदस्यमा मनोनयन गरेको हो ।
झापाबाट प्रकाशित स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक समेत रहेका विद्रोहीलाई यसअघि केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यमा मनोनित गरेको थियो । पत्रकार विद्रोही राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवाश्री चतुर्थबाट विभुषित भइसक्नु भएको छ ।