केचना-कचनकवल गाउँपालिकाका विद्यालय बिहानी सत्रमा सञ्चालन हुन थालेका छन् । अत्याधिक गर्मीका कारण दिउँसो पठनपाठनमा समस्या भएपछि बिहान पढाई हुन थालेको हो । मंगलवारदेखि बिहानी सत्रमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले बताए । यसअघि अत्याधिक गर्मीका कारण पढाई सञ्चालन गर्न सम्भव नभएको जनाउँदै गाउँपालिकाले पाँच दिनसम्म विद्यालयको पठनपाठन स्थगित गरेको…