झापा- नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा बाल मृत्युदर ६ प्रतिशतले घटेको छ । बढ्दो नागरिक चेतना र स्वास्थ्य संस्थाको पहुँच स्थापित हुँदै जाँदा बाल मृत्युदरमा कमी आएको हो । आर्थिक सर्वेक्षण २०७९–०८० अनुसार यसअघि पाँच बर्षको मुनिका बालबालिकाको मृत्युदर प्रति हजार ३३ रहेको थियो । जबकी, यसभन्दा अगाडि सन् २०१६ मा बाल मृत्युदर ३९ थियो…