बिर्तामोडमा यसरी बन्दैछ ‘झापा नाटक घर’
बिर्तामोड– झापामा बहुजातीय सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माण भइरहेको छ । क्षितिज नाट्य समूहको अग्रसरतामा झापाको बिर्तामोडमा बहुभाषिक सङ्ग्रहालयसहितको नाटक घर निर्माण भइरहेको हो । बहुजातीय सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माण गर्न एक इँटा अभियान सञ्चालन गरिएको छ । विपन्न नागरिक समेतको सहभागिता जुटाउने गरी क्षितिज नाट्य... Read more
बिर्तामोडको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं लगायतले ‘नगर विकास योजना’ पुस्तिका सार्वजनिक गरेका छन्... Read more
कोरोना संक्रमणका बीच खोलिए रत्न र प्रसाई सुपर मार्केट
बिर्तामोड– कोरोना संक्रमणका कारण १० दिनदेखि बन्द रहेका बिर्तामोडका दुई वटा बजार आजदेखि खुलेका छन् । सेनिटाइज गरेर ती रत्न र प्रसाई सुपर मार्केट खोलिएका हुन् । कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएपछि हिजो व्यवसायीले जवरजस्ती ती बजार खोल्ने प्रयत्न गरेका थिए । तर, आज नगरपालिका र प्रहरीसँगको समन्वयमा... Read more
बिर्तामोडका चार व्यवसायी र एक जना बैक कर्मचारीमा कोरोना पुष्टि
बिर्तामोड– झापाको बिर्तामोड क्षेत्रमा समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । यसअघि समुदायस्तरमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा बुधवार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो । बजार क्षेत्रका व्यवसायीको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका कोरोना फोकल... Read more
बिर्तामोडमा ६५६ जना अटो र सिटी चालकको स्वाब सङ्कलन
झापा– बिर्तामोड नगरपालिकाले नगरभित्र सञ्चालित अटो रिक्सा र सिटी सफारीका चालकको स्वाब सङ्कलन गरी पठाएको छ । पीसीआर परीक्षणका लागि ६५६ जनाको स्वाबको नमुना सङ्कलन गरिएको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए । मंगलवार ती सबै नमुना जाँचका लागि पठाइएको छ । कोरोना जोखिम बढेको भन्दै नगरले अटोरिक्सा चालकको पीसीआर... Read more
प्रेस सङ्गठनद्वारा चार जना पत्रकारलाई उपचार सहयोग
झापा– तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । कोष सञ्चालन समितिको बैठकले धर्मेन्द्र भट्टराई ‘मामा’, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । उपचार कोषका संयोजक गोपाल काफ्लेले सोमबार उनीहरुलाई रकम हस्तान्तरण गरिएको... Read more
बिर्तामोडमा भुसको आगोसरि कोरोना फैलिँदै, रत्न र प्रसाई मार्केट सिल
झापा– बिर्तामोडमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बजारबासी त्रसित भएका छन् । बिर्तामोडको रत्न सुपर मार्केटमा सुनचाँदी व्यवसायीका परिवारका दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बजारमा त्रास बढेको हो । आइतवार संक्रमण पुष्टि भएपछि नगरपालिकाले उद्योग वाणिज्य सङ्घ बिर्तामोड र इलाका प्रहरी कार्यालयको सहयोगमा रत्न सुपर मार्केट... Read more
धिमाल महिलालाई पेटानी बनाउन प्रेरित गर्दै ‘नारी सङ्कल्प’
बिर्तामोड– जातिय पहिरन उत्पादनका लागि धिमाल महिला आफैँले सक्रियता देखाएका छन् । बिर्तामोड नगरपालिका वडा नम्वर–१ को सहयोगमा धिमाल महिलाले परम्परागत मौलिक पहिरन ‘पेटानी’ उत्पादन सुरु गरेका हुन् । यसका लागि महिलाहरुको संस्था ‘नारी सङ्कल्प’ ले सघाइरहेको छ । सीप तथा क्षमताको विकास गरी धिमाल महिलाहरुलाई पेटानी उत्पादनका लागि... Read more
गुराँस इन्स्योरेन्सले गर्यो वीमा दाबीको भुक्तानी
भद्रपुर : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय विर्तामोडले वीमा दाबी भुक्तानी गरेको छ । वीमित झापा भद्रपुर–८ निवासी स्व. किस्मत प्रधानको घरमै गएर उनका परिवारलाई बीमावापतको रकम २० लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । किस्मतले गत असारमा गुराँस लाइफ इन्स्योरेन्सकी अभिकर्ता कमला राईमार्फत इलाममा १० लाख... Read more
सञ्चार क्षेत्रको बिकासका र सञ्चारकर्मीहरुको हितका लागि विर्तामोड नगरपालिकाल् सूचना तथा सञ्चार कार्यबिधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यबिधि २०७५ नामक यस कार्यबिधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक र हितका लागि नीतिगत ब्यबस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो । उहाँका अनुसार... Read more