कृषि क्षेत्रमा नयाँ व्यवस्थाआउँछ: कृषिमन्त्री भुसाल
झापा – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम... Read more
झापाका जनप्रतिनिधिलाई विप्लब माओवादीको चेतावनी
बिर्तामोड– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना महामारी नियन्त्रणका नाममा भएको खर्च विवरण तीनदिनभित्र सार्वजनिक गर्न झापाका स्थानीय तहलाई अल्टिमेटम दिएको छ । विप्लव नेतृत्वको नेकपा-माओवादी झापाले आज विज्ञप्ति जारी गरी झापाका स्थानीय तहलाई तीन दिनभित्र खर्चको हिसाबकिताब सार्वजनिक गर्न अल्टिमेटम दिएको हो । कोरोना भाइरस नियन्त्रणका... Read more
चीनले रसुवागढी र तातोपानी नाका बन्द गर्दा अर्बौ रुपैयाँ नोक्सानी
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण... Read more
अर्जुनधारामा अलैंची प्रशोधन गर्ने तयारी
बिर्तामोड– झापाको अर्जुनधारामा अलैंची प्रशोधन गर्नेे तयारी भएको छ । नेपालमा उत्पादित अलैची प्रशोधनको तयारी भएको हो । मंसिरदेखि प्रशोधन गर्ने गरी झापाको अर्जुनधारामा तीन करोड रुपैयाँको लागतमा प्रशोधन उद्योगको स्थापना भएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार चार वर्गमा विभाजन गरेर अलैँची प्रशोधनको तयारी गरिएको हो ।... Read more
शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा पीसीआर प्रयोगशालाका लागि ५१ हजार सहयोग
बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले जनस्तरबाट झापाको कनकाई नगरपालिकामा स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको बिर्तामोडस्थित मुख्य कार्यालयमा ‘एकका लागि एक’ अभियानको साझेदार संस्था झापा जिल्ला सहकारी सङ्घमार्फत शिक्षा बहुउद्देश्यीयले सहयोग रकम हस्तान्तरण गरेको हो । झापासहित पूर्वी नेपालका जिल्लामा... Read more
सिम्रिक साकोसले दियो क्षेत्रीको परिवारलाई दुई लाख २८ हजार
मेचीनगर– सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले सदस्य मृत्यु राहत सुविधा प्रदान गरेको छ । संस्थाको धुलाबारी सेवा केन्द्रका सदस्य दीपककुमार क्षेत्रीको परिवारलाई सिम्रिकले राहत सुविधा दिएको हो । भदौ १४ गते ५७ वर्षको अल्पायुमा क्षेत्रीको आकस्मिक निधन भएको थियो । क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना... Read more
सिम्रिकद्वारा सदस्यलाई उपचारमा सहयोग

सिम्रिकद्वारा सदस्यलाई उपचारमा सहयोग

समाजसहकारी २० भाद्र २०७७, शनिबार २०:०० स्पीक कर्नर

झापा– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले तीन जना सदस्यलाई स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेतको नेतृत्वमा गोलधाप, हल्दिबारी र काँकरभिट्टाका सदस्यलाई उपचार सुविधा प्रदान गरिएको हो । संस्थाले मेचीनगर सेवा केन्द्रका सदस्य, काँकरभिट्टा निवासी कमलकुमारी राईको पत्थरियाको शल्यक्रिया गरिएकोले उपचार सहयोग वापत... Read more
बिर्तामोडको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं लगायतले ‘नगर विकास योजना’ पुस्तिका सार्वजनिक गरेका छन्... Read more
शिखर साकोसले निशुल्क विरुवा र विउ वितरण गर्दै
बिर्तामोड÷झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको शिखर बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई निशुल्क कुरीलोको विरुवा तथा रायोसागको बिउ बितरण गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको समयमा घरमा सुरक्षित बस्नु आजको आवश्यकता भएको भन्दै संस्थाले आफ्ना सदस्यकालागि ‘बोट विरुवा रोपौ स्वस्थ्य रहौं’भन्ने... Read more
कोरोना त्रास : जोखिम मोलेर काम गर्छन् चिया मजदूर
झापा– कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उद्योगमा कार्यरत श्रमिकलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री दिएर काममा लगाउनु पर्ने सहमति भए पनि झापाका अधिकांश चिया उद्योगले यसको पालना गरेका छैनन् । सयौँको संख्यामा चिया बगान र प्रशोधन कारखानामा कार्यरत मजदूर सुरक्षा सामग्रीविना काममा खटिदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न... Read more