थप सातजना कोरोना संक्रमितको निधन थप सातजना कोरोना संक्रमितको निधन
देशभर पछिल्लो २४ घन्टामा थप सातजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा दुई महिला र पाँचजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... थप सातजना कोरोना संक्रमितको निधन

देशभर पछिल्लो २४ घन्टामा थप सातजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा दुई महिला र पाँचजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निधन हुनेमा काठमाडौं जिल्लाका दुई महिला र एक पुरुष गरी तीनजना छन् । त्यसैगरी सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीका एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या चार सय ९८ पुगेको छ ।