पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमणबाट १० जनाको निधन पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमणबाट १० जनाको निधन
२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप १० जनाको निधन भएको छ । निधन हुनेमा तीनजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार... पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमणबाट १० जनाको निधन

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप १० जनाको निधन भएको छ ।

निधन हुनेमा तीनजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ९१ पुगेको छ ।

निधन हुनेमा काठमाडौंका एक महिला र दुई पुरुष गरी तीनजना, बाँकेका एक महिला र दुई पुरुष गरी तीनजना छन् ।

त्यसैगरी मोरङ, महोत्तरी र चितवनमा एक–एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।