प्रदेश १ मा थपिए एक सय ८१ संक्रमित प्रदेश १ मा थपिए एक सय ८१ संक्रमित
प्रदेश १ मा आइतबार एक सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार चार सय ३६ जना... प्रदेश १ मा थपिए एक सय ८१ संक्रमित

प्रदेश १ मा आइतबार एक सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार चार सय ३६ जना  पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा एक सय ६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेशबाहिरका एक-एकजना छन् ।

मोरङको विराटनगरमा ५१ महिला र ७९ पुरुष गरी एक सय ३० जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा आइतबार ३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा निको हुने संक्रमितको संख्या दुई हजार आठ सय २५ पुगेको छ ।