संक्रमितको मृत्युपछि कन्ट्रयाक ट्रेसिङ सुरु, घैलाडुब्बा बजार बन्द संक्रमितको मृत्युपछि कन्ट्रयाक ट्रेसिङ सुरु, घैलाडुब्बा बजार बन्द
कनकाई– झापाको कनकाई–९ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ भइरहेको छ । संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिमा... संक्रमितको मृत्युपछि कन्ट्रयाक ट्रेसिङ सुरु, घैलाडुब्बा बजार बन्द

कनकाई– झापाको कनकाई–९ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ भइरहेको छ । संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत संक्रमण हुनसक्ने भएकाले कन्ट्रयाक ट्रेसिङ थालिएको हो ।

घैलाडुब्बा बजारमा सागसब्जी व्यापार गर्दै आएका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि मेची प्रादेशिक अस्पताल  लगिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि विराटनगर लगिएकोमा शनिबार मृत्यु भएको थियो ।

उनी आदर्श मावि घैलाडुब्बामा कार्यरत कर्मचारी थिए । ती पुरुषमा सुगर र प्रेसर समेत रहेको थियो । सोमबारबाट एक साताका लागि घैलाडुब्बा बजार पूर्णरुपमा बन्द गरिएको कनकाई–९ का वडाध्यक्ष प्रेम प्रसाद राजवंशीले जानकारी दिए ।

योसँगै कनकाई नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि एक महिलाको समेत मृत्यु भएको थियो ।

कनकाईमा संक्रमितको सङ्ख्या ५६ पुगेको छ । डिस्चार्ज हुनेको संख्या ५२ रहेको कनकाई नगरपालिकाका फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिए ।