स्याङ्जामा पहिरो, दुईको मृत्यु स्याङ्जामा पहिरो, दुईको मृत्यु
स्याङजा : अविरल वर्षाका कारण स्याङजामा दुई जनाको मृत्यु भएको छ भने ९ जना घरभित्र पुरिएका छन्। वालिङ नगरपालिका एक महिला र कालीगण्डकी ४ का... स्याङ्जामा पहिरो, दुईको मृत्यु

स्याङजा : अविरल वर्षाका कारण स्याङजामा दुई जनाको मृत्यु भएको छ भने ९ जना घरभित्र पुरिएका छन्। वालिङ नगरपालिका एक महिला र कालीगण्डकी ४ का १८ वर्षे कृष्ण दमैको शव फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

वालिङ् नगरपालिका १४ स्थित माया परियारको घर पुरिँदा घरभित्र ९ जना पुरिएको र एक जनाको जीवितै उद्धार गरिएको छ। बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी अधिकारीले बताए।

१० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ। घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ। प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भइरहेको उनले बताए।

यसैबीच तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ। पहिरोमा परि बाबुराम दमाइका अन्दाजी १८ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय चक्र पाण्डेले बताए।

घरमा सुतिरहेको अवस्थामा बिहीबार बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।