गाडी भाडा दोब्बर  बनाउने निर्णयविरुद्ध विद्यार्थी संगठनको आक्रोश गाडी भाडा दोब्बर  बनाउने निर्णयविरुद्ध विद्यार्थी संगठनको आक्रोश
बिर्तामोड– सरकारले सार्वजनिक सवारीका साधनको भाडा दोब्बर बनाउने निर्णय गरेपछि विद्यार्थी संगठन त्यसविरुद्ध एकजुट भएका छन् । संयुक्त विद्यार्थी संगठनले भाडा बढाउने सरकारको निर्णय... गाडी भाडा दोब्बर  बनाउने निर्णयविरुद्ध विद्यार्थी संगठनको आक्रोश

बिर्तामोड– सरकारले सार्वजनिक सवारीका साधनको भाडा दोब्बर बनाउने निर्णय गरेपछि विद्यार्थी संगठन त्यसविरुद्ध एकजुट भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले भाडा बढाउने सरकारको निर्णय खारेज गर्न माग गर्दै त्यसविरुद्ध उत्रिने चेतावनी दिएको छ ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको अनेरास्ववियु सहितका १३ विद्यार्थी संगठन यसको विरोधमा छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङलाई भेटेर विद्यार्थी संगठनले ५० प्रतिशत भाडा घटाउन माग गरेका छन् । यसका लागि उनीहरुले सात दिनको अल्टिमेटम दिएका छन् ।

सरकारले निषेधाज्ञा खुकुलो बनाउने क्रममा सिट क्षमता भन्दा आधा यात्रु राखेर दाेब्बर भाडा लिन पाउने गरी सवारीसाधन खुलाउने निर्णय गरेको थियो ।