छ महिनापछि चन्द्रगढी विमानस्थलबाट हवाई उडान सुरु छ महिनापछि चन्द्रगढी विमानस्थलबाट हवाई उडान सुरु
झापा– पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । कोरोना संक्रमणका बीच हिजोदेखि उडान सुरु... छ महिनापछि चन्द्रगढी विमानस्थलबाट हवाई उडान सुरु

झापा– पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । कोरोना संक्रमणका बीच हिजोदेखि उडान सुरु भएको हो ।

विमानस्थलका प्रमुख मुरारी पौडेलले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पूरा गरेर उडान सुरु भएको बताए । विमानस्थलमा पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ ।

हिजो चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले ६५ जना र यति एयरले ६८ जना यात्रु ओसारेको छ । चैत ११ गतेदेखि सरकारले लक डाउन गरेपछि मुलुकभरका विमानस्थल बन्द भएका थिए ।

यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको छ ।