अर्जुनधारामा अलैंची प्रशोधन गर्ने तयारी अर्जुनधारामा अलैंची प्रशोधन गर्ने तयारी
बिर्तामोड– झापाको अर्जुनधारामा अलैंची प्रशोधन गर्नेे तयारी भएको छ । नेपालमा उत्पादित अलैची प्रशोधनको तयारी भएको हो । मंसिरदेखि प्रशोधन गर्ने गरी झापाको अर्जुनधारामा... अर्जुनधारामा अलैंची प्रशोधन गर्ने तयारी

बिर्तामोड– झापाको अर्जुनधारामा अलैंची प्रशोधन गर्नेे तयारी भएको छ । नेपालमा उत्पादित अलैची प्रशोधनको तयारी भएको हो । मंसिरदेखि प्रशोधन गर्ने गरी झापाको अर्जुनधारामा तीन करोड रुपैयाँको लागतमा प्रशोधन उद्योगको स्थापना भएको छ ।

उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार चार वर्गमा विभाजन गरेर अलैँची प्रशोधनको तयारी गरिएको हो । स्थानीय बजारमा अलैँचीको खपत बढाउने उद्देश्यले उद्योगले प्रशाेधनको तयारी गरिरहेको छ । निर्यातकर्ता व्यवसायीले अहिले नेपालमा उत्पादित अलैचीलाई बोरामा हालेर  प्रशोधनबिना निर्यात गर्दै आएका छन्  ।

देशभर उत्पादित अलैँचीको १५ प्रतिशत हिस्सा अर्जुनधाराकाे उद्योगमा प्रशोधन हुन सक्ने व्यवसायी भट्टराईले जानकारी दिए ।