मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
मेचीनगर– झापाको मेचीनगर–१३ बाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड –५... मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

मेचीनगर– झापाको मेचीनगर–१३ बाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड –५ का २७ बर्षीय पवनकुमार वसाक छन् । हिजो साँझ ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार थिए । दुबै जनालाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको हो । पक्राउ परेका उपर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरु इलाका प्रहरी कार्यालय धुलावारीको हिरासतमा छन् ।