शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा पीसीआर प्रयोगशालाका लागि ५१ हजार सहयोग शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा पीसीआर प्रयोगशालाका लागि ५१ हजार सहयोग
बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले जनस्तरबाट झापाको कनकाई नगरपालिकामा स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको... शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा पीसीआर प्रयोगशालाका लागि ५१ हजार सहयोग

बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले जनस्तरबाट झापाको कनकाई नगरपालिकामा स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको बिर्तामोडस्थित मुख्य कार्यालयमा ‘एकका लागि एक’ अभियानको साझेदार संस्था झापा जिल्ला सहकारी सङ्घमार्फत शिक्षा बहुउद्देश्यीयले सहयोग रकम हस्तान्तरण गरेको हो ।

झापासहित पूर्वी नेपालका जिल्लामा कोरोना संक्रमण फैलिदै जाँदा परीक्षण अभाव भइरहेका बेला अभियानको अवधारणा अनुसार जनस्तरबाट रकम संकलन गरी प्रयोगशाला स्थापना गरिएको छ । शिक्षा सहकारीले आफ्नो प्रतिबद्धता अनुरुप ५१ हजार रुपैयाँको चेक बुधबार ‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद वस्नेत र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, सचिव दीपेश द्यौराली, सञ्चालक सदस्य हेमराज मिश्र, सूर्यकुमार खतिवडा, चीजा राईले अग्रज पत्रकार लीला बराल र रोहित काफ्ले समेतको उपस्थितिमा चेक हस्तान्तरण गरेका हुन् । कनकाई नगरपालिकाको समर्पण भवनमा स्थापना गरिएको प्रयोगशालामार्फत परीक्षण सुरु भएको अभियानका सह संयोजक बस्नेतले बताए ।

प्रयोगशालाका लागि झापाका सहकारी संस्थाको तर्फबाट झापा जिल्ला सहकारी सङ्घले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । सङ्घको घोषणालाई सार्थक बनाउने उद्देश्य अनुरुप संस्थाका तर्फबाट सहयोग गरिएको अध्यक्ष न्यौपानेले बताए । यसअघि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा पनि संस्थाले ५१ हजार सहयोग गरेको थियो ।