मेचीनगर– सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले सदस्य मृत्यु राहत सुविधा प्रदान गरेको छ । संस्थाको धुलाबारी सेवा केन्द्रका सदस्य दीपककुमार क्षेत्रीको... सिम्रिक साकोसले दियो क्षेत्रीको परिवारलाई दुई लाख २८ हजार

मेचीनगर– सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले सदस्य मृत्यु राहत सुविधा प्रदान गरेको छ । संस्थाको धुलाबारी सेवा केन्द्रका सदस्य दीपककुमार क्षेत्रीको परिवारलाई सिम्रिकले राहत सुविधा दिएको हो ।

भदौ १४ गते ५७ वर्षको अल्पायुमा क्षेत्रीको आकस्मिक निधन भएको थियो । क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्न सिम्रिक साकोसका अध्यक्ष कमलबहादुर बस्नेसहितको नेतृत्वमा गएको टोलीले राहत रकम प्रदान गरेको हो ।

अध्यक्ष बस्नेत, कोषाध्यक्ष हरिप्रसाद कडरिया, सञ्चालक सदस्य इन्द्रबहादुर कार्की, संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतसहित विभागीय कर्मचारीले दुई लाख २८ हजार ७०० रुपैयाँ राहत रकम प्रदान गरेका हुन् ।

संस्थाको धुलाबारी सेवा केन्द्रका प्रमुख अञ्जु प्रधानका अनुसार स्वर्गीय क्षेत्रीले संस्थामा एक लाख रुपैयाँको शेयर खरिद गर्नुका साथै आफू र परिवारको नाममा ५ वर्षे ५ वटा नियमित बचत खाता सञ्चालन गरेका छन् ।