मोटरसाइकल हाँकिरहेका साथीलाई पछाडिबाट घाँटीमा छुरा हानेर हत्या मोटरसाइकल हाँकिरहेका साथीलाई पछाडिबाट घाँटीमा छुरा हानेर हत्या
बिर्तामोड– लेनदेन विवादमा साथीको हत्यामा संलग्न भएको अभियोगमा झापा प्रहरीले शिवसताक्षी नगरपालिका-८ का कोमनकुमार लिम्बुलाई पक्राउ गरेको छ । साथी गोमन सिंह मगरको हत्या... मोटरसाइकल हाँकिरहेका साथीलाई पछाडिबाट घाँटीमा छुरा हानेर हत्या

बिर्तामोड– लेनदेन विवादमा साथीको हत्यामा संलग्न भएको अभियोगमा झापा प्रहरीले शिवसताक्षी नगरपालिका-८ का कोमनकुमार लिम्बुलाई पक्राउ गरेको छ । साथी गोमन सिंह मगरको हत्या गरेको अभियोगमा लिम्बू पक्राउ परेका हुन् ।

भदौ १६ गते साँझ मगरको हत्या भएको थियो । घाँटी काटिएको अवस्थामा रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र मगरको शव भेटिएको हो ।

मगरको हत्यामा उनकै साथी लिम्बुको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका अभियुक्त लिम्बूले मोटरसाइकल चलाइरहेको अवस्थामा मगरलाई पछाडिबाट आफूले घाँटीमा छुरा हानेर मारेको बयान प्रहरीमा दिएका छन्।

लेनदेनको विषयमा विवाद भएपछि मगरको हत्या गरेको बयान दिएका लिम्बुले उनलाई मार्ने योजना बनाएर सतासीधाम को जंगलमा लगेको खुलेको छ ।

साथीले बोलाएपछि विश्वास गरेर गएका मगरको हत्या गरेपछि लिम्बूले प्रमाण लुकाउन आफूले प्रयोग गरेको मोबाइल र छुरा पानीमा फ्याकेका थिए । यी सबै प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।