गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय
झापा– लामो रस्साकस्सीपछि नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको आजको बैठकले यो निर्णय गरेको हो ।... गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

झापा– लामो रस्साकस्सीपछि नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको आजको बैठकले यो निर्णय गरेको हो ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा अर्थमन्त्री डाक्टर युवराज खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो । तर, सचिवालय बैठकले विवाद टुङ्गो लगाउँदै गौतमलाई लैजाने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका थिए ।