झिलझिले हत्या प्रकरण : ‘परिणामुखी अनुसन्धानको पर्खाइमा छु’ झिलझिले हत्या प्रकरण : ‘परिणामुखी अनुसन्धानको पर्खाइमा छु’
सतासीधाम–प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले झिलझिले हत्या प्रकरणमा प्रहरीको परिणाममुखी अनुसन्धानको पर्खाइमा आफू रहेको बताएका छन् । घटनाका दोषीलाई कुनै पनि हालतमा पक्राउ गर्न... झिलझिले हत्या प्रकरण : ‘परिणामुखी अनुसन्धानको पर्खाइमा छु’

सतासीधाम–प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले झिलझिले हत्या प्रकरणमा प्रहरीको परिणाममुखी अनुसन्धानको पर्खाइमा आफू रहेको बताएका छन् । घटनाका दोषीलाई कुनै पनि हालतमा पक्राउ गर्न झापा प्रहरीलाई आग्रह गर्दै उनले यस्तो बताएका हुन् ।

शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको बुधवार शव फेला परेको थियो । मंगलवार साँझदेखि हराइरहेका मगर घाँटी काटिएको अवस्थामा फेला परेका थिए ।

घटनापछि सांसद लिम्वूले झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालालाई टेलिफोन गरी अविलम्व दोषी पत्ता लगाउन आग्रह गरेका छन् ।

शव फेला परे लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यद्यपि, प्रहरीले घटना अनुसन्धानको चरणमा रहेको जनाउँदै थप कोही पनि बोलेको छैन ।

पूर्व पश्चिम रागमार्गको झिलझिलेबाट एक किलोमिटर उत्तर सताक्षीधाम जाने सडकको नालामा मगरको शव फेला परेको थियो । उनी गत माघमा बहराइनबाट फर्किएका हुन् ।

तीन महिनाका लागि बहराइनबाट नेपाल आएपछि उनले विवाह पनि गरे । उनले नेपाल बसुञ्जेल प्रयोग गर्न मोटरसाइकल पनि किनेका थिए ।