कोरोना संक्रमणका बीच खोलिए रत्न र प्रसाई सुपर मार्केट कोरोना संक्रमणका बीच खोलिए रत्न र प्रसाई सुपर मार्केट
बिर्तामोड– कोरोना संक्रमणका कारण १० दिनदेखि बन्द रहेका बिर्तामोडका दुई वटा बजार आजदेखि खुलेका छन् । सेनिटाइज गरेर ती रत्न र प्रसाई सुपर मार्केट... कोरोना संक्रमणका बीच खोलिए रत्न र प्रसाई सुपर मार्केट

बिर्तामोड– कोरोना संक्रमणका कारण १० दिनदेखि बन्द रहेका बिर्तामोडका दुई वटा बजार आजदेखि खुलेका छन् । सेनिटाइज गरेर ती रत्न र प्रसाई सुपर मार्केट खोलिएका हुन् ।

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएपछि हिजो व्यवसायीले जवरजस्ती ती बजार खोल्ने प्रयत्न गरेका थिए । तर, आज नगरपालिका र प्रहरीसँगको समन्वयमा बजार खोलिएको बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले बताए ।

रत्न सुपर मार्केटका व्यवसायीको परिवारका दुई जना महिला सदस्यमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले ती दुई वटा बजार सिल गरी दुई सय जना व्यवसायीको कोरोना परीक्षण गरेको थियो । परीक्षणका क्रममा थप चारजना व्यवसायी र एकजना एनआइसी एसिया बैकका कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका व्यवसायी आपसमा नातागोता भित्रका हुन् । उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी पीसीआर परीक्षण गर्नु पर्ने वरपरका व्यवसायीको माग छ ।