बिर्तामोडका चार व्यवसायी र एक जना बैक कर्मचारीमा कोरोना पुष्टि बिर्तामोडका चार व्यवसायी र एक जना बैक कर्मचारीमा कोरोना पुष्टि
बिर्तामोड– झापाको बिर्तामोड क्षेत्रमा समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । यसअघि समुदायस्तरमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा बुधवार थप पाँच जनामा... बिर्तामोडका चार व्यवसायी र एक जना बैक कर्मचारीमा कोरोना पुष्टि

बिर्तामोड– झापाको बिर्तामोड क्षेत्रमा समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । यसअघि समुदायस्तरमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा बुधवार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

बजार क्षेत्रका व्यवसायीको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका कोरोना फोकल पर्सन ओमबहादुर खड्काले बुधवार आठ जना संक्रमित फेला परेकोमा पाँच जना समुदायस्तरका भएको बताए । तीन जना संक्रमित भने क्वारेन्टाइनमा छन् ।

रत्न सुपर मार्केटका सुनचाँदी व्यवसायीको परिवारका दुई जना सदस्यमा साताअघि संक्रमण देखिएपछि बिर्तामोड नगरपालिकाले दुई सय जनाको परीक्षण गरेको थियो ।

रत्न र प्रसाई सुपर मार्केटका व्यवसायीका परीक्षण गर्दा चार जना व्यवसायी र एक जना बैक कर्मचारीमा संक्रमण देखिएको खड्काले जानकारी दिए । ती दुबै मार्केट सिल गरिएका छन् ।

उनीहरुको रिपोर्ट आज आएको हो । त्यसमा व्यवसायीतर्फ चार जना र एनआइसी बैकका एक जना कर्मचारी संक्रमित भएका हुन् । संक्रमित हुनेमा तमु टोलका तीन जना, विराट एफएम छेउका एक जना र बैक कर्मचारी एक जना छन् ।

यसअघि आजै झापाको बिर्तामोडमा एक जना बालकसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आज एकै दिन बिर्तामोडका आठ जनामा संक्रमण भेटिएको खड्काले बताए ।