हतियार देखाएर व्यापारीसँग पैसा असुल्ने गिरोह पक्राउ हतियार देखाएर व्यापारीसँग पैसा असुल्ने गिरोह पक्राउ
विराटनगर– मोरङको विराटनगर–४ स्थित कञ्चनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित पाँच जना पक्राउ परेका छन । हतियार देखाएर व्यापारीलाई धम्क्याउँदै पैसा असुल्ने अपराधिक गिरोहलाई प्रहरीले समातेको... हतियार देखाएर व्यापारीसँग पैसा असुल्ने गिरोह पक्राउ

विराटनगर– मोरङको विराटनगर–४ स्थित कञ्चनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित पाँच जना पक्राउ परेका छन । हतियार देखाएर व्यापारीलाई धम्क्याउँदै पैसा असुल्ने अपराधिक गिरोहलाई प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा मोरङ कटहरी–२ का २७ वर्षीय अभिसेक राय, २८ वर्षीय रविन शर्मा, २६ वर्षीय किसन साह, सप्तरी बोधेबर्साइनका–८ का २७ जर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ वर्षीय राजु साह रहेका छन ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाइकल जफत भएको छ ।

विभिन्न कम्पनीको १६ थान मोबाइयल सेट, १ थान चक्कु, कोटाक महिन्द्रा नामको भारतीय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० रुपैयाँ समेत बरामद गरिएको छ ।