सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड
झापा–नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।... सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

झापा–नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।

सर्प पालन एवम् एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

पन्तका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पाल्न र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको पन्त बताउँछन् ।