कोरोना संक्रमितको संख्या ४० हजार कोरोना संक्रमितको संख्या ४० हजार
झापा– नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । संक्रमण सुरु भएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ४० हजार नाघेको हो । पछिल्लो २४... कोरोना संक्रमितको संख्या ४० हजार

झापा– नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । संक्रमण सुरु भएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ४० हजार नाघेको हो । पछिल्लो २४ घन्टामा मंगलवार मात्रै एक हजार ६९ जनामा कोरोना पुष्टि भएको थियो । थपिएकासँगै देशभर संक्रमितको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय पाँच पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।