बिर्तामोडमा ६५६ जना अटो र सिटी चालकको स्वाब सङ्कलन बिर्तामोडमा ६५६ जना अटो र सिटी चालकको स्वाब सङ्कलन
झापा– बिर्तामोड नगरपालिकाले नगरभित्र सञ्चालित अटो रिक्सा र सिटी सफारीका चालकको स्वाब सङ्कलन गरी पठाएको छ । पीसीआर परीक्षणका लागि ६५६ जनाको स्वाबको नमुना... बिर्तामोडमा ६५६ जना अटो र सिटी चालकको स्वाब सङ्कलन

झापा– बिर्तामोड नगरपालिकाले नगरभित्र सञ्चालित अटो रिक्सा र सिटी सफारीका चालकको स्वाब सङ्कलन गरी पठाएको छ । पीसीआर परीक्षणका लागि ६५६ जनाको स्वाबको नमुना सङ्कलन गरिएको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।

मंगलवार ती सबै नमुना जाँचका लागि पठाइएको छ । कोरोना जोखिम बढेको भन्दै नगरले अटोरिक्सा चालकको पीसीआर परीक्षण गराएर मात्र सञ्चालन गर्न दिने जनाएको छ । जथाभावी सञ्चालन हुँदै आएका अटो रिक्सा र सिटी सफारी नगरपालिकाको सक्रियतापछि कोरोनाको परीक्षण रिपोर्ट आएपछि मात्रै राजमार्गमा गुड्ने छन् ।