पाँचथर कारागारका एकजना कैदीमा कोरोना पाँचथर कारागारका एकजना कैदीमा कोरोना
पाँचथर– पाँचथर कारागारका एक बन्दीलाई कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला कारागारमा रहेका फिदिम नगरपालिका–६ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको हो... पाँचथर कारागारका एकजना कैदीमा कोरोना

पाँचथर– पाँचथर कारागारका एक बन्दीलाई कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला कारागारमा रहेका फिदिम नगरपालिका–६ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका उनलाई पुर्पक्षका लागि पाँच दिनअघि कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

कारागारमा उनीसँगै तीनजनालाई क्वारेन्टाइनमा राखिएको कारागार प्रमुख सुरेन्द्र मुखियाले बताए । संक्रमितसँगै रहेका अन्य दुई जनालाई भने संक्रमण देखिएको छैन । तर, कारागारमा संक्रमण फैलिने जोखिम बढेको छ ।

कारागारमा १४८ कैदीबन्दी छन् । जसमध्ये एक सय ३० जना पुरुष, १६ महिला र दुई बालक रहेको मुखियाले जानकारी दिए ।