सङ्कटमा परेका ५३ हजार नेपालीको उद्धार सङ्कटमा परेका ५३ हजार नेपालीको उद्धार
झापा– विदेशमा अलपत्र परेका ५३ हजार नेपालीलाई सरकारले स्वदेश फर्काएको छ । कोरोना संक्रमणका कारण रोजगारी समेत गुम्ने अवस्था आएपछि संकटमा परेका नेपालीलाई प्राथमिकताका... सङ्कटमा परेका ५३ हजार नेपालीको उद्धार

झापा– विदेशमा अलपत्र परेका ५३ हजार नेपालीलाई सरकारले स्वदेश फर्काएको छ । कोरोना संक्रमणका कारण रोजगारी समेत गुम्ने अवस्था आएपछि संकटमा परेका नेपालीलाई प्राथमिकताका आधारमा घर फर्काइएको हो ।

शनिवारसम्म ५३ हजार ६९९ जना नेपालीको उद्धार गरिएको छ । सरकारले गैरआवासीय आवासीय नेपाली संघ र विदेशस्थित कूटनीतिक नियोग एवम् दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरेको हो ।