पहिरोले बगायो सिद्धिनहर, १७ सय हेक्टर जमिनमा सिञ्चाई अभाव पहिरोले बगायो सिद्धिनहर, १७ सय हेक्टर जमिनमा सिञ्चाई अभाव
मेचीनगर– बाहुनडाँगी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धि नहर पहिरोले बगाएको छ । नहर बगाएपछि स्थानीय चिन्तित भएका छन् । अब बाहुनडाँगी... पहिरोले बगायो सिद्धिनहर, १७ सय हेक्टर जमिनमा सिञ्चाई अभाव

मेचीनगर– बाहुनडाँगी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धि नहर पहिरोले बगाएको छ । नहर बगाएपछि स्थानीय चिन्तित भएका छन् । अब बाहुनडाँगी क्षेत्रको कृषियोग्य जमिनमा सिंचाई अभाव हुने देखिएको छ ।

मेचीनगर–१ को दलदले रमिते खण्डमा गएको साउन २ र ३ गतेको वर्षाका कारण पहिरो गएको हो । पहिरोले नहर बगाएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।

पहिरोले करिब २५ मिटर नहर बगाएको छ भने थप एक सय मिटर नहर भत्किएको छ । पहिरोका कारण नहरमा करिब दुई करोड बराबरको क्षति भएको तिवारीले अनुमान गरे । ‘अब मर्मत गर्न तलैदेखि जालीले बाँधेर ढुङ्गा भर्नुपर्छ, यो कार्य जटिल र खर्चिलो छ’, उनले भने ।

प्रदेश सांसद मैनालीद्वारा अनुगमन
बाहुनडाँगीको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको सिद्धि नहर पहिरोले भत्काएपछि कृषकहरु चिन्तित भइरहेका बेला प्रदेश सांसद श्रीप्रसाद मैनालीसहितको टोलीले शनिवार स्थलगत अवलोकन गरेको छ । सिद्धि खोला सिंचाई जल उपभोक्ता समितिको अनुरोधमा सांसदसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनपछि सांसद मैनालीले नहर निर्माणमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने बताए । ‘यो बाहुनडाँगीका कृषकहरुको जीवनसँग प्रत्यक्ष जोडिएको छ’, सांसद मैनालीले भने, ‘नहर मर्मत र पुनर्निर्माणमा आवश्यक सहयोग जुटाउन म पहल र प्रयास गर्नेछु ।’ स्थानीय, प्रदेश तथा संघीय सरकार जहाँबाट भएपनि नहर मर्मत गर्न आफुले सकेको पहल गर्ने प्रतिवबद्धता सांसद मैनालीले व्यक्त गरेका छन् ।

सांसदको टोलीमा नेपाल कम्युनिष्ट पार्टी मेचीनगरका अध्यक्ष माधव अर्याल, सचिव राजु पोखरेल लगायत रहेका थिए । अवलोकन टोलीलाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारी, उपाध्यक्ष लीला न्यौपाने, सचिव इन्द्र ढकाल, शान्तिराम गुरागाई लगायतले अवस्था र असरका बारेमा जानकारी गराएका थिए ।