रचना रिमाल र सरोज ओलीको ‘पहिलो पल्ट भेट (भिडियो) रचना रिमाल र सरोज ओलीको ‘पहिलो पल्ट भेट (भिडियो)
  झापा – गायिका रचना रिमाल र सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक गरिएको छ । विहीबार गज्जब टिभी युट्यूब च्यानलमार्फत्... रचना रिमाल र सरोज ओलीको ‘पहिलो पल्ट भेट (भिडियो)

 

झापा – गायिका रचना रिमाल र सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक गरिएको छ । विहीबार गज्जब टिभी युट्यूब च्यानलमार्फत् पहिलो पल्ट भेट हुँदा’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश थपलियाको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायाङकन गरेका हुन् ।

अमन मानन्धरको सम्पादन र श्याम कुँवरको कलर रहेको उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र पुजा शर्मा फिचर्ड छन् ।