आन्दोलनमा उत्रिने चिया मजदुरको चेतावनी आन्दोलनमा उत्रिने चिया मजदुरको चेतावनी
बिर्तामोड– पूर्वका चिया मजदुुुुरले आफ्ना माग पूरा गर्न चिया उद्यमी तयार नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । कोरोना भाइरसको संक्रमणका बीच चिया मजदुरहरु... आन्दोलनमा उत्रिने चिया मजदुरको चेतावनी

बिर्तामोड– पूर्वका चिया मजदुुुुरले आफ्ना माग पूरा गर्न चिया उद्यमी तयार नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । कोरोना भाइरसको संक्रमणका बीच चिया मजदुरहरु आन्दोलनमा जाने निष्कर्षमा पुगेका हुन् ।

यसअघि राखिएका चारबुँदे माग पूरा नभएका कारण आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश संयोजक भूपाल सापकोटाले बताए ।

चिया मजदुरले २०७७ साउन १ गतेदेखि लागु हुनेगरी चिया श्रमिकहरूको पारिश्रमिक बढाउनुपर्ने माग राखेका छन् । यसअघि वृद्धि भएको एक सय सात रुपैयाँ ज्याला अबिलम्ब भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।

वृद्धि भएको ज्याला २०७६ चैत मसान्त सम्ममा भुक्तानी दिइसक्ने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएको जिफन्टका प्रदेश सहसंयोजक सन्तकुमार राईले जानकारी दिए । श्रमिकहरुलाई सामाजिक सुरक्षा ऐन   अनुसार सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्नुपर्ने उनीहरूको माग छ ।

कोरोना भाइरसको संक्रमणका बीच पनि चिया मजदुरलाई स्वास्थ्य सुरक्षा सामग्रीबिना काममा खटाइएको प्रति मजदुर संघसंगठनको आपत्ति छ । मजदुर नेता दीपक तामाङले चिया उद्योगीले नाफा मात्र हेरेको तर मजदुरको स्वास्थ्य सुरक्षामा ध्यान नदिएको गुनासो गरे ।

चिया मजदुर संघ संगठनले आफ्ना मागका विषयमा नेपाल चिया उत्पादक संघ, सानाकिसान झापाली चिया व्यवसायी संघ, नेपाल चिया विकास निगम, केन्द्रीय चिया सहकारी संस्थाकाे ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी चिया मजदुर संघ संगठनले जिल्ला प्रशासन कार्यालय झापा, इलाम, धनकुटा र पाँचथरलाई बोधार्थ दिइएको जनाएका छन् ।

श्रम तथा रोजगार मन्त्रालय, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघलाई पनि बोधार्थ दिइएको छ ।

अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले चिया श्रमिकका तीनओटै ट्रेड युनियनको तर्फबाट सामूहिक सौदाबाजी समिति गठन गरि संयुक्तरुपमा माग पत्र पेश गरिएको जानकारी दिइन् ।