पूर्व सैनिकद्वारा झापामा गर्भवतीमाथि कुटपिट पूर्व सैनिकद्वारा झापामा गर्भवतीमाथि कुटपिट
बिर्तामोड- पूर्व सैनिक र उनकी श्रीमतीले झापाको चारआलीमा दुई जनामाथि कुटपिट गरेका छन् । पूर्वसैनिक दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले दलित समुदायका दुईजनालाई... पूर्व सैनिकद्वारा झापामा गर्भवतीमाथि कुटपिट

बिर्तामोड- पूर्व सैनिक र उनकी श्रीमतीले झापाको चारआलीमा दुई जनामाथि कुटपिट गरेका छन् । पूर्वसैनिक दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले दलित समुदायका दुईजनालाई कुटपिट गरेका हुन् । श्रेष्ठ दम्पतीले चारआलीमा डेरा गरी बस्दै आएका चन्द्रकला लामगादे र सागर खातीलाई गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । चन्द्रकला सात महिनाकी गर्भवती छन् । उनी बहालबाला प्रहरी हुन् ।

एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी समेत रहेकी उनलाई श्रेष्ठ दम्पत्तिले निर्घात कुटेको दलित अधिकारकर्मी निर्मला परियारले बताइन् । चन्द्रकला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी हुन् । श्रेष्ठ दम्पतीले स्थानीय राजन दर्जीलाई जातिय रुपमा होच्याउँदै कुटपिट गरेपछि चन्द्रकलाले प्रतिकार गरेकी थिइन् । त्यसैको निहुँमा श्रेष्ठ दम्पती आइलागेका हुन् ।

कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले श्रेष्ठ दम्पत्तिलाई पक्राउ गरेको छ । दलित अधिकारकर्मी परियारको अगुवाइमा उनीहरुविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । जातीय छुवाछूतको बिषयमा विवाद भएपछि श्रेष्ठ दम्पतीले आफूहरुमाथि कुटपिट गरेको खातीले जानकारी दिए ।

कुटपिटका क्रममा घाइते भएकी चन्द्रकलाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका श्रेष्ठ दम्पती उपर इलाका प्रहरी कार्यालयले धुलाबारीले कारबाही प्रक्रिया अघि बढाएको अधिकारकर्मी परियारले जानकारी दिइन् ।