थप संक्रमित फेला परे मात्रै बिर्तामोड ‘सिल’, २५ वेडको आइसोलेसन तयार गरिँदै थप संक्रमित फेला परे मात्रै बिर्तामोड ‘सिल’, २५ वेडको आइसोलेसन तयार गरिँदै
बिर्तामोड– समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि बिर्तामोड नगरपालिका ‘सिल’ हुने अनेक अड्कलबाजी छन् । तर, तत्काल सिल गर्ने योजना नरहेको नगरपालिकाले जनाएको छ... थप संक्रमित फेला परे मात्रै बिर्तामोड ‘सिल’, २५ वेडको आइसोलेसन तयार गरिँदै

बिर्तामोड– समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि बिर्तामोड नगरपालिका ‘सिल’ हुने अनेक अड्कलबाजी छन् । तर, तत्काल सिल गर्ने योजना नरहेको नगरपालिकाले जनाएको छ ।

आज भएको बैठकमा संक्रमण देखिएका बजार मात्रै सिल गर्ने र त्यस क्षेत्रमा पीसीआर परीक्षण गर्दा नयाँ संक्रमित फेला परे जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

बैठकपछि विवेचनासँग कुरा गर्दै उपप्रमुख पवित्रा महताराले सिल गरिएका क्षेत्रमा परीक्षण गर्दा नयाँ संक्रमित फेला परे लक डाउनमा जान सकिने निर्णय भएको बताइन् । ‘अहिलेकै अवस्थामा लक डाउन गरिहाल्ने मनस्थितिमा छैनौँ’, उपप्रमुख महताराले भनिन् ।

बैठकले बिर्तामोडमा २५ वेड क्षमताको आइसोलेसन तयार पार्ने निर्णय गरेको उपप्रमुख महताराले जानकारी दिइन् । पछिल्लो पटक बिर्तामोडमा सुनचाँदी व्यवसायीको परिवारका दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

समुदाय तहमा संक्रमण देखिएपछि नगरपालिकाले बिर्तामोडको रत्न र प्रसाई सुपर मार्केट सिल गरेको छ । त्यहाँका व्यवसायी र वरपरका सर्वसाधारणको आजदेखि स्वाब संकलन सुरु गरिएको छ ।

उपप्रमुख महताराले भीडमा नजान र अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न समेत नगरबासीमा अपिल गरेकी छन् । ‘सबैले व्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान दिन जरुरी छ’, उनले भनिन्, ‘सबैको सहयोगले मात्रै जोखिम न्युनीकरण हुन सक्छ ।’