सुरक्षा सामग्री बिना काममा खटाइएपछि नर्सिङ स्टाफ आन्दोलित सुरक्षा सामग्री बिना काममा खटाइएपछि नर्सिङ स्टाफ आन्दोलित
धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानले स्वास्थ्य सामग्री बिना डिउटीमा खटाएको भन्दै उनीहरु सोमबारदेखि आन्दोलित भएका... सुरक्षा सामग्री बिना काममा खटाइएपछि नर्सिङ स्टाफ आन्दोलित

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानले स्वास्थ्य सामग्री बिना डिउटीमा खटाएको भन्दै उनीहरु सोमबारदेखि आन्दोलित भएका हुन्। कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा खटिँदा अनिवार्यरुपमा स्वास्थ्य सामग्रीको प्रयोग गर्नुपर्छ । नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको प्रतिष्ठानको आइसीयू विभागमा कार्यरत त्रिवेणी ढकालले बताइन् ।

फ्रन्ट लाइनमा बिरामीको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले पीपीइ, पन्जा र माक्स समेत दिएको छैन । सोमबार मात्रै प्रतिष्ठानको आइसीयूमा उपचाररत आठजना बिरामीको कोरोना पुष्टि भएको थियो । कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा पडाउनुको सट्टा ड्युटीमा खटाइएको अर्की नर्स स्मारिका घिमिरेले बताइन् ।

प्रतिष्ठानमा हालसम्म दर्जन बढी स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ। प्रतिष्ठान अस्पताल निर्देशक डा. गौरीशंकर साहले आर्थिक शंकटका कारण नर्सहरुलाई भनेअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको बताए ।