झापामा राप्रपा प्रवेश गर्नेको लहर झापामा राप्रपा प्रवेश गर्नेको लहर
भद्रपुर– झापाको भद्रपुर र कचनकवलमा विभिन्न पार्टी परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन् । भद्रपुर नगरपालिका–२ स्थित डिगाउँबाट तत्कालीन... झापामा राप्रपा प्रवेश गर्नेको लहर

भद्रपुर– झापाको भद्रपुर र कचनकवलमा विभिन्न पार्टी परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन् । भद्रपुर नगरपालिका–२ स्थित डिगाउँबाट तत्कालीन नेकपा माओवादीका टंक भुजेलसहित नेपाली कांग्रेस, नेकपा लगायतका पार्टीबाट १०७ जना राप्रपा प्रवेश गरेका हुन् ।

भद्रपुर–२ गौरीशंकरबाट पनि २३ जना युवा राप्रपा प्रवेश गरेका छन् । नव प्रवेशीलाई पार्टी सदस्यता प्रदान गर्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले प्रतिकूल परिस्थितिकाबीच राप्रपालाई उठाई छाड्ने संकल्पका साथ अगाडि बढिरहेको बताए ।

कचनकवल वडा १ को विस्तारित बैठकका क्रममा नेपाली कांग्रेस र नेकपाका ४६ जना युवा राप्रपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई राप्रपा नेता लिङ्देन, क्षेत्रीय अध्यक्ष नवराज पनेरु, राप्रपा भद्रपुर नगर अध्यक्ष राधा कार्की, कचनकवल गापाका अध्यक्ष अन्जार आलम लगायतले स्वागत गरेका छन् ।

पार्टी टुटफुटले गत निर्वाचनमा हार व्यहोरेको राप्रपा अहिले भन्ने एकीकरणले कार्यकर्तामा एउटा उत्साह थपेको छ । राप्रपाले देशैभरि अपेक्षाकृत मत ल्याउन नसकेपनि झापा जिल्लामा भन्ने स्थानीय निर्वाचनमा तीन स्थानमा विजय हासिल गरेको थियो ।