एसईईको नतिजा सार्वजनिक एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक





शिक्षा १ भाद्र २०७७, सोमबार १९:००

झापा– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो।... एसईईको नतिजा सार्वजनिक

झापा– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो।

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ। बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो।

यसवर्ष सार्वजनिक गरिएको नतिजामा जिपिएको विवरण खुलाइएको छैन् ।  पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ । सरकारको निर्णय अनुसार २०७६ को एसइइको विद्यालयले नै आन्तरिक मुल्याङ्कन गरेको थियो ।

विद्यालयको मुल्याङ्कनलाई बोर्डले प्रमाणिकरण गरी नतिजा सार्वजनिक गरेको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।