कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु
झापा–विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता... कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु

झापा–विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भएको छ।

विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ। ती मध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको हो।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो।